इरानमा कट्टरपन्थी नेता अहमदिनेजाद राष्ट्रपति बन्ने दौडमा
तेहरान । इरानका कट्टरपन्थी पूर्व राष्ट्रपति महमूद अहमदिनेजाद पुनः राष्ट्रपतिको दौडमा सामेल भएका छन्। जुन २८ मा हुने राष्ट्रपति चुनावका लागि उनले आइतबार उम्मेदवारी दर्ता गराएका थिए । हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएपछि इरानले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्दैछ । मिडिया रिपोर्टका अनुसार इरानमा राष्ट्रपति पदको दौडमा करिब २० जना छन् । यीमध्ये अहमदिनेजाद सबैभन्दा चर्चित नाम हुन् । अहमदिनेजाद सन् २००५ मा इरानको राष्ट्रपति निर्वाचित भएका थिए र उनी सन् २०१३ सम्म इरानको राष्ट्रपति बने । उनी २ कार्यकालसम्म राष्ट्रपति भए ।
सर्वोच्च नेता आयतोल्लाह खामेनीमाथि दबाब
महमूद अहमदिनेजादको मनोनयनपछि इरानको राष्ट्रपतिको निर्वाचन रोचक बनेको छ । अहमदिनेजाद इरानका लोकप्रिय नेताहरूमध्ये एक हुन् । रोचक कुरा चाहिँ के छ भने अहमदिनेजादको मनोनयनसँगै इरानका सर्वोच्च नेता आयतोल्लाह अल खोमेनीमाथि दबाब बढेको छ । इरानको राष्ट्रपति हुँदा अहमदिनेजादले अयातोल्लाह अल खोमेनीलाई चुनौती दिएका थिए ।
यसका कारण सन् २०२१ को हुने राष्ट्रपतीय निर्वाचनमा उनलाई लड्न प्रतिबन्ध लगाइएको थियो । इरानको संवैधानिक निगरानी गर्ने संस्था गार्डियन काउन्सिलले उनलाई अयोग्य घोषित गरेको थियो ।
अहमदिनेजादलाई अमेरिकाको कट्टर विरोधी मानिन्छ । उनी इजरायलका पनि कट्टर विरोधी हुन् । इजरायललाई विश्वको नक्साबाट मेटाउनु पर्ने धारणा राख्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
-
जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण