मिस्टर बिस्टले तोडे टी-सिरिजको कीर्तिमान
काठमाडौँ । २६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युबर बनेका छन् । उनको च्यानल मिस्टर बिस्टको आइतबार २६ करोड ८० लाख सब्सक्राइबर पुगेको हो ।
यससँगै जिम्मीले भारतीय म्युजिक लेबल टी–सिरिजको रेकर्ड तोडेका छन् । टी–सिरिज को युट्युब खातामा २६ करोड ६० लाख सब्सक्राइबर छन्। यस च्यानलका मालिक चलचित्र तथा संगीत निर्माता भूषण कुमार हुन् ।
जिम्मीले आइतबार ट्वीट गर्दै आफ्नो उपलब्धिको जानकारी दिएका छन् । यो सेयर गर्दै उनले ट्वीट गरे- '६ वर्षपछि मैले अन्ततः प्वीडीपाईको बदला लिएको छु।'
प्वीडीपाई एक स्विडेनी युट्युबर थिए जो एक पटक जिम्मीको पार्टनर थिए। एक समय थियो जब उनले टी-सिरिजको सबैभन्दा धेरै सब्सक्राइब च्यानल भएको रेकर्ड पनि तोडेका थिए।
टी-सिरिजले २०१९ देखि सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानलको रूपमा युट्युबको शासन गरिरहेको थियो तर 'मिस्टर बिस्ट' ले यस वर्षको सुरुमा प्वीडीपाईको बदला लिने वाचा गरेका थिए ।
'मिस्टर बिस्ट' आफ्नो रमाइलो भिडियोहरूका लागि परिचित छन्। मिस्टर बिस्टले बिस्ट फिलान्थ्रोपी नामक एनजीओ पनि खोलेका छन्, जसको माध्यमबाट उनले आफ्नो परिवार, साथीहरू, फ्यानहरू र खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण