काेशी प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
विराटनगर । काेशी प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।
आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । यसै गरी प्रदेशसभामा आजै महालेखा परीक्षकको छैटौँ प्रतिवेदन पनि प्रस्तुत हुनेछ ।
यसअघि सहरी विकास तथा भवन कार्यालयलाई रकम निकासा बढाउने भनी निर्णय गरेको खेल पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि स्थानीय तहलाई रकम पठाउने निर्णय गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस सोमबारको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको छ। आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण