बालुवाटारमा तीन नेताको तीन घण्टा : के भयो छलफल ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिब ३ घण्टा भएको शीर्ष तीन नेताबिचको छलफलमा मुलुकका राष्ट्रिय मुद्दाका बारेमा छलफल भएको छ । तीन नेताबिच बिहान सवा दश बजेदेखि दिउँसो सवा १ बजेसम्म छलफल भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन नेताका बिचमा खासगरी संसद्लाई के कस्ता बिजनेस दिने र संसद्लाई प्रभावकारी बनाउने भन्ने विषयमै छलफल केन्द्रित भएको बताए ।
सल्लाहकार आचार्यका अनुसार सदनलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने उपायका साथै सहकारी छानबिन समिति गठन भैसकेपछिको अवस्थाबारे छलफल भएको छ ।
तीन नेताको भेटपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच पनि केहीबेर छुट्टै छलफल पनि भएको छ । प्रचण्ड र ओलीबिचको छलफलमा सरकार सञ्चालन,प्रदेश सरकार गठन लगायतबारे छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँगको छलफलअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि छलफल गरेका थिए ।
सहकारीको रकम हिनामिना र अपचलनबारे संसदीय छानबिन समिति गठन भएपछि तीन दलका शीर्ष नेताबिच सोमबार भेटवार्ता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण