तामाङ भाषाको सम्भोटा लिपिमा पाठ्यपुस्तक विकास गर्न शिक्षा मन्त्रालयको सहमति

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तामाङ भाषा (सम्भोटा लिपि) मा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गरेको छ । राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको हो ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको मन्त्री स्तरीय निर्णयबाट सम्भोटा लिपिमा पाठ्यपुस्तक तयार गर्न स्वीकृति दिने नीतिगत निर्णय भएको छ ।
पाठ्यक्रम विकास केन्द्रको स्थानीय तहबाट ऐच्छिक विषयका रूपमा विकास गरिने सम्भोटा लिपिका विद्यालय तहको पाठ्यपुस्तकमा राष्ट्रिय अभिलेखालयबाट प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक प्रकाशित गर्न सकिनेछ ।
नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि प्रतिष्ठान लगायतले देवनागरी लिपि र सम्भोटा लिपिलाई छाँटकाँट गरी २४ वटा वर्णमाला बनाई पाठ्यक्रम तयार गरेका थिए ।
तामाङ समुदायका अभियन्ताहरूले यस पुस्तकबाट आगन्तुक शब्दहरू लेखन कार्य गर्न नसक्ने भएकोले यसलाई सच्याई पाउँ भनी पटक पटक निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमलादीको दीप प्रज्वलनमा हिमानीदेखि हृदयेन्द्रसम्म (तस्बिरहरू)
-
नेपालसामु जितका लागि २ सय ९७ रनको लक्ष्य
-
निजामती विधेयकमा कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद् गेट अगाडि धर्ना दिने
-
सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै
-
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल
-
बन्दका बाबजुद साँझपख चल्न थाले सार्वजनिक गाडी (फोटो फिचर)