उद्योगीहरूद्वारा बजेटविरुद्ध प्रधानमन्त्रीसमक्ष गुनासो
विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडा र मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।
सो प्रतिनिधिमण्डलले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले स्वदेशी उद्योगहरूमाथि नकारात्मक प्रभाव परेको जनाएका छन् । उनीहरूले बजेटमा स्पन्ज आइरन, स्क्र्यापलगायतका कच्चा पदार्थमा गरिएको करवृद्धिले स्टील उद्योगहरूमा गरिएको करोडौं रुपैयाँको लगानी डुब्ने बताए । स्पन्ज आइरनमा कम्तीमा एक तहको भन्सार सुविधा नदिएसम्म मेलटिङ प्लान्ट सञ्चालन गर्न नसकिने उनीहरूको भनाइ छ ।
यसैगरी, खाद्यान्न कच्चा पदार्थमा लगाइएको अग्रिम आयकरले खाद्य उद्योगहरूको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने बताइएको छ । उद्योगीहरूले चामल उद्योगको संरक्षण, दाल र मटरको आयात सहजीकरण, मालवाहक सवारी साधनमा अतिरिक्त कर नलगाउन लगायतका सुझावहरू पेस गरेका छन् ।
साथै, कोशी प्रदेशमा औद्योगिक ग्राम र औद्योगिक प्रदर्शनीस्थलका लागि बजेट विनियोजन गर्न समेत माग गरिएको छ । प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी स्वदेशी उद्योगको संरक्षण र व्यवसायमैत्री करप्रणाली ल्याउने आश्वासन दिएका छन् । उद्योगीहरूले आर्थिक मन्दीको बेलामा थप नीतिगत अस्थिरता नल्याउनसमेत प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण