नासिकमा भारतीय वायुसेनाको लडाकु विमान दुघर्टनाग्रस्त
नयाँ दिल्ली । भारतीय वायुसेनाको सुखोई लडाकु विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ । दुर्घटना महाराष्ट्रको नासिकमा भएको हो ।
दुर्घटनाग्रस्त विमान सुखोई एसयू–३० एमकेआई भएको र यसका पाइलट र को–पाइलट सकुशल निस्किन सकेको नासिक रेन्जका विशेष महानिरीक्षक डीआर करालेले बताए । विमान शिरसगाउँ गाउँ नजिकैको खेतमा दुर्घटना भएको थियो । विमानलाई विङ कमाण्डर बोकिल र उनका सेकेन्ड इन कमान्ड विश्वास उडाइरहेका थिए ।
दुवै पाइलटलाई सामान्य चोटपटक लागेको बताइएको छ । उनीहरूलाई एचएएल अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनापछि विमानमा आगो लागेको थियो । आगो निभाइएको बताइएको छ ।
सुखोई एसयु–३० एमके आईलाई भारतीय वायुसेनाको सबैभन्दा शक्तिशाली विमान मानिन्छ । भारतीय वायुसेनासँग २७२ थान सक्रिय सुखोई एसयू–३० एमकेआई विमान छ । दुई जना पाइलट बस्न मिल्ने यस विमानमा दुई ओटा इन्जिन छ । यी मध्ये केही विमानलाई सुपरसोनिक मिसाइल ब्रह्मोस प्रक्षेपण गर्न अपग्रेड गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण