अमेठीमा स्मृति इरानीलाई हराएपछि किशोरीलाल शर्माले के भने ?
नयाँ दिल्ली । अमेठी लोकसभा सिटमा कांग्रेस नेता किशोरीलाल शर्माले केन्द्रीय मन्त्री स्मृति इरानीलाई पराजित गरेका छन् । यस पराजयलाई उनले जनताको जित भनेका छन् ।
‘यो जनताको जित हो । हार र जित भइरहन्छ । एकले हार्छ अनि अर्कोले जित्छ ।’ किशोरी लाल शर्माले समाचार एजेन्सी एएनआईलाई भने । आफूले स्थानीय मुद्दा लिएर अमेठी गएको र भाजपाको घोषणापत्रको असफलतामा चुनाव लडेको दाबी उनले गरेका छन् ।
आफूले स्थानीय मुद्दामा चुनाव लडेकाले जितेको दाबी उनको छ । अमेठी लोकसभा सिटबाट किशोरीलाल शर्माले केन्द्रीय मन्त्री स्मृति इरानीलाई १ लाख २५ हजार मतले पराजित गरेका छन् । सन् २०१९ को लोकसभा चुनावमा स्मृति इरानीले कांग्रेस नेता राहुल गान्धीलाई करिब ५५ हजार मतले हराएकी थिइन् ।
सन् १९९९ यता गान्धी परिवारका कुनै सदस्यले अमेठी लोकसभा सिटबाट उम्मेदवारी नदिएको यो पहिलो पटक थियो । राहुल गान्धी सन् २००४ देखि २०१९ सम्म अमेठीबाट सांसद बनेका थिए ।
तर यसपटक राहुल गान्धीले अमेठीको सट्टा रायबरेलीबाट लोकसभा चुनाव लडे र चार लाखभन्दा बढी मतको अन्तरले विजयी भए । रायबरेली बाहेक राहुल केरलाको वायनाड सिटबाट पनि सांसद निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण