अमेठीमा स्मृति इरानीलाई हराएपछि किशोरीलाल शर्माले के भने ?

नयाँ दिल्ली । अमेठी लोकसभा सिटमा कांग्रेस नेता किशोरीलाल शर्माले केन्द्रीय मन्त्री स्मृति इरानीलाई पराजित गरेका छन् । यस पराजयलाई उनले जनताको जित भनेका छन् ।
‘यो जनताको जित हो । हार र जित भइरहन्छ । एकले हार्छ अनि अर्कोले जित्छ ।’ किशोरी लाल शर्माले समाचार एजेन्सी एएनआईलाई भने । आफूले स्थानीय मुद्दा लिएर अमेठी गएको र भाजपाको घोषणापत्रको असफलतामा चुनाव लडेको दाबी उनले गरेका छन् ।
आफूले स्थानीय मुद्दामा चुनाव लडेकाले जितेको दाबी उनको छ । अमेठी लोकसभा सिटबाट किशोरीलाल शर्माले केन्द्रीय मन्त्री स्मृति इरानीलाई १ लाख २५ हजार मतले पराजित गरेका छन् । सन् २०१९ को लोकसभा चुनावमा स्मृति इरानीले कांग्रेस नेता राहुल गान्धीलाई करिब ५५ हजार मतले हराएकी थिइन् ।
सन् १९९९ यता गान्धी परिवारका कुनै सदस्यले अमेठी लोकसभा सिटबाट उम्मेदवारी नदिएको यो पहिलो पटक थियो । राहुल गान्धी सन् २००४ देखि २०१९ सम्म अमेठीबाट सांसद बनेका थिए ।
तर यसपटक राहुल गान्धीले अमेठीको सट्टा रायबरेलीबाट लोकसभा चुनाव लडे र चार लाखभन्दा बढी मतको अन्तरले विजयी भए । रायबरेली बाहेक राहुल केरलाको वायनाड सिटबाट पनि सांसद निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा