महाराष्ट्रमा भाजपाको खराब प्रदर्शनपछि देवेन्द्र फडणवीसले राजीनामा दिने
नयाँ दिल्ली । लोकसभाको चुनावमा भारतीय जनता पार्टी (भाजपा)को कमजोर प्रदर्शनको जिम्मा लिँदै महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले राजीनामा दिने भएका छन् ।
महाराष्ट्रमा कांग्रेसले सबैभन्दा बढी १३ सिट जितेको छ । कंग्रेसको सहयोगी दल शिवसेना (यूबीटी)ले नौ सिट जितेको छ र भने राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपीएसपी)ले आठ सिट जितेको छ ।
त्यहाँ भाजपाले ९ सिट मात्र जितेको छ । उसको सहयोगी शिवसेनाले सात सिट र एनसीपीले एक सिट जितेको छ । आफूले अब पार्टी सङ्गठनमा काम गर्न चाहेको भन्दै देवेन्द्र फडणवीसले आफूलाई उपमुख्यमन्त्री पदबाट मुक्त गर्न भनेका छन् । ‘महाविकास अघाडीले महाराष्ट्रमा २ करोड ५० लाख र हामीले २ करोड ४८ लाख मत प्राप्त गरेका छौं ’ तर सिट संख्यामा २ लाखको मतान्तरले ठूलो असर गरेको छ', उनको भनाइ छ ।
‘महाविकास अघाडीले ३० सिट ल्याउँदा र हामीले १७ सिट मात्र पाएका छौं ’ उनले भने । नेताकोे रूपमा महाराष्ट्रमा भाजपाको सम्पूर्ण जिम्मेवारी आफूमाथि रहेको अनि महाराष्ट्रमा हामीले एक् तरिकाले हार बेहोरेकोले यसको पूरै जिम्मेवारी आफ्नो भएको फडणवीसको भनाइ छ । पूरै पार्टीलाई एक ठाउँमा ल्याएर नयाँ रणनीति बनाउने अनि सोही रणनीतिका साथ जनताको बीचमा जाने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण