विप्लव र उपेन्द्र यादवबिच भेटवार्ता
बुधबार, २३ जेठ २०८१, १९ : ५१
१

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवबिच बुधबार दिउँसो विप्लव निवास ललितपुर हरिसिद्धीमा भेटवार्ता भएको छ ।
महासचिव विप्लवसहित सोही पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई भेट्न अध्यक्ष यादव विप्लव निवास ललितपुर हरीसिद्वी पुगेको पार्टी निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबिच छलफल भएको बुझिएको छ । जवाफमा यादवले समाजवादी मोर्चा वृहत् र एकताबद्ध बनाउन आफू सकारात्मक रहेको प्रतिक्रिया दिएको बुझिएको छ ।
समाजवादी मोर्चाको संयोजक समेत रहेका विप्लवले हिजो मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी