विप्लव र उपेन्द्र यादवबिच भेटवार्ता
बुधबार, २३ जेठ २०८१, १९ : ५१
१
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवबिच बुधबार दिउँसो विप्लव निवास ललितपुर हरिसिद्धीमा भेटवार्ता भएको छ ।
महासचिव विप्लवसहित सोही पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई भेट्न अध्यक्ष यादव विप्लव निवास ललितपुर हरीसिद्वी पुगेको पार्टी निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबिच छलफल भएको बुझिएको छ । जवाफमा यादवले समाजवादी मोर्चा वृहत् र एकताबद्ध बनाउन आफू सकारात्मक रहेको प्रतिक्रिया दिएको बुझिएको छ ।
समाजवादी मोर्चाको संयोजक समेत रहेका विप्लवले हिजो मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण