गठबन्धन दलहरू भित्रको विवादले सरकारलाई असर गर्दैन : अग्नि सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले गठबन्धन दलहरू भित्रको विवादले सरकारलाई असर नगर्ने बताएका छन् । सत्ता घटक दलहरूभित्र केही समस्या भएपनि सरकार सुरक्षित रहेको सापकोटाले स्पष्ट पारे ।
‘सरकारमा सहभागी केही दलहरूमा समस्या देखिएको छ । त्यसले सरकारलाई केही फरक पार्दैन । सरकार सुरक्षित छ’, बिहीबार रातोपाटीसँग उनले भने ।
मन्त्री फिर्ता बोलाउने विषयमा प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग कुराकानी गरिरहेको भन्दै उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई समेत छिट्टै सरकारमा ल्याउने बताए ।
माओवादीबाट कसलाई फिर्ता बोलाउने वा नबोलाउने विषयमा पार्टीभित्र औपचारिक छलफल नभएको सापकोटाले जानकारी दिए । प्रचण्ड सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि उपेन्द्र यादव समूहले समर्थन फिर्ता लिइसकेको छ । दल विभाजनसम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । सत्ता गठबन्धनमा एकीकृत समाजवादी असन्तुष्ट रहेको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने विवादमा तानिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण