प्रधानमन्त्री प्रचण्ड भारत जाँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार भारत जाने भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ दिल्ली जान लागेका हुन् । उनलाई शपथ ग्रहणमा सहभागी हुन आधिकारिक निम्ता आएसँगै शनिबार दिल्ली जाने कार्यक्रम तय भएको जनाइएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा हासिल गरेको सफलतामा बधाई दिन बुधबार गरेको फोन संवादमा पनि मोदीले शपथग्रहण कार्यक्रममा आउनका लागि निमन्त्रणा दिएका थिए ।
भारतीय पक्षबाट औपचारिक निमन्त्रणा पाइसकेपछि प्रधानमन्त्री प्रचण्ड भ्रमणका लागि उनको सचिवालय तथा नेपालस्थित भारतीय दूतावास जुटिसकेको छ ।
यद्यपि प्रधानमन्त्री प्रचण्डको सचिवालयले भारतबाट पत्र आएको बारे खुलाउन चाहेको छैन ।
मोदीको शपथमा सहभागी हुन भारतले बङ्गलादेश, श्रीलङ्का, मोरिसस र भुटानका सरकार प्रमुखलाई समेत निमन्त्रणा पठाएको छ ।
मोदीले जुन ८ तारिखको साँझ शपथ लिने तयारी चलिरहेको छ । यसै बिचमा शपथको समय हेरफेर हुने चर्चा पनि भारतीय सञ्चारमाध्यममा चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ दिनमा साढे ४० हजार मेट्रिकटन मल आपूर्ति
-
‘सरकारले देशलाई सही दिशा दिन सकेको देखिँदैन, प्राविधिक सुधार चाहिँ राम्रै छ’
-
लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ
-
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन
-
ज्ञानेन्द्रलाई प्रदेश सांसदले भनेः कर्णालीबाट संघमा हुने सांसदहरूले केही पनि योगदान गरेनन्
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण