युगान्डाका ४३ वर्षीय बलरले बनाए विश्वकपमा यस्तो कीर्तिमान
काठमाडौँ । युगान्डाका ४३ वर्षीय अफ–स्पिनर फ्रांक नसुबुगाले पपुवा न्युगिनीविरुद्धको खेलमा नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । बिहीबार बिहान भएको खेलमा उनले टी–२० विश्वकपको इतिहासकै सबैभन्दा किफायती बलिङ (कम्तीमा ४ ओभर) गरेका हुन् ।
नसुबुगाले ४ ओभर बलिङ गर्दै २ मेडनसहित मात्र ४ रन खर्चिएर दुई विकेट लिन सफल भए । उनको बलिङको मद्दतले युगान्डाले गुयानामा पपुवा न्युगिनीविरुद्ध ऐतिहासिक जित हासिल गर्न सफल भएको थियो ।
यसअघि गत जुन ३ मा न्युयोर्कमा श्रीलंकाविरुद्धको खेलमा एनरिच नोर्टजेले ४ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए ।
नसुबुगाले टी–२० विश्वकपको खेलमा २० वटा डट बल फाल्ने दोस्रो बलर पनि बनेका छन् । यसअघि श्रीलंकाका अजन्था मेन्डिसले सन् २०१२ मा यो उपलब्धि हासिल गरेका थिए । मेन्डिसले ४ ओभर बलिङ गर्दै २ मेडनसहित ८ रन खर्चेर ६ विकेट हात पारेका थिए ।
त्यस्तै, बंगलादेशका मोहम्मदुल्लाहले सन् २०१४ को विश्वकपमा ४ ओभर बलिङ गर्दै ८ रन खर्चेर १ विकेट लिएका थिए । श्रीलंकाकै वानिन्दु हसरंगाले सन् २०२२ मा ४ ओभर बलिङ गरेर मात्र ८ रन खर्चिदै ३ विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण