गुरबाजको विस्फोटक ब्याटिङ, न्युजिल्याण्डसामु १ सय ६० रनको लक्ष्य
गुयाना । ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेपछि अफगानिस्तानले न्युजिल्याण्डसामु जितका लागि १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
समूह सी अन्तरगतको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको हो ।

पहिलो विकेटका लागि गुरबाज र जादरानले १ सय ३ रन जोड्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । जादरान ४१ बलमा ४४ रन जोड्दै आउट भएपछि उक्त साझेदारी तोडिएको थियो । उनले यस क्रममा ३ चौका र २ छक्का प्रहार गरे ।

टोलीका लागि गुरबाजले सर्वाधिक ८० रन बनाए । ट्रेन बोल्टको बलमा बोल्ड हुनअघि उनले मात्र ५६ बलमा ५ चौका र ५ छक्का हिर्काए । उनी जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।
अज्मतुल्लाह ओमरजाईले १३ बलमा २२ रनको योगदान दिए । उनले १ चौका र २ छक्का प्रहार गरे । कप्तान रासिद खान ६ रन बनाएर आउट भए ।

खेलमा न्युजिल्याण्डले विपक्षी टोलीका ब्याटरले आउट गर्ने थुप्रै अवसरहरू गुमाएको थियो । टोलीले क्याच र रन आउट गर्ने अवसरबाट चुक्यो ।
न्युजिल्याण्डका लागि ट्रेन बोल्ट र म्याट हेनरीले २–२ विकेट लिए । लोकी फर्गुसनले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण