फारुकी र रासिदसामु निरीह बन्यो न्युजिल्याण्ड
गुयाना । कप्तान रासिद खान र फजलहक फारुकीको घातक बलिङ र रहमानुल्लाह गुरबाजको विस्फोट ब्याटिङको मद्दतले अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रियमा अफगानिस्तानले न्युजिल्याण्डलाई हराएको यो पहिलो अवसर पनि हो ।

१ सय ६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १५.२ ओभरमा ७५ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोस्रो जित हो । यसअघि टोलीले युगान्डालाई १ सय २५ रनको विशाल अन्तरले हराएको थियो ।

न्युजिल्याण्डलाई सस्तोमा समेट्न खानले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र १७ रन खर्चिए । त्यस्तै, फारुकीले ३.२ ओभरमा १७ रन दिएर ४ विकेट हात पारे । मोहम्मद नाबीले दुई विकेट लिए ।
न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले १८ बलमा १८ रन तथा म्याट हेनरीले १७ बलमा १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । गुरबाज र जादरानले १ सय ३ रन जोड्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाए ।
जादरान ४१ बलमा ४४ रन जोड्दै आउट भएपछि उक्त साझेदारी तोडिएको थियो । उनले यसक्रममा ३ चौका र २ छक्का प्रहार गरे ।
टोलीका लागि गुरबाजले सर्वाधिक ८० रन बनाए । बोल्डको बलमा बोल्ड हुनअघि उनले मात्र ५६ बलमा ५ चौका र ५ छक्का हिर्काए । उनी जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।
अज्मतुल्लाह ओमरजाईले १३ बलमा २२ रनको योगदान दिए । उनले १ चौका र २ छक्का प्रहार गरे । कप्तान रासिद खान ६ रन बनाएर आउट भए ।

खेलमा न्युजिल्याण्डले विपक्षी टोलीका ब्याटरले आउट गर्ने थुप्रै अवसरहरु गुमाएको थियो । टोलीले क्याच र रनआउट गर्ने अवसरबाट चुक्यो ।
न्युजिल्याण्डका लागि ट्रेन बोल्टर म्याट हेनरीले २–२ विकेट लिए । लोकी फर्गुसनले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण