रसिया पठाउने भन्दै ११ लाख ठग्ने प्रजापति प्रहरीको नियन्त्रणमा
शनिबार, २६ जेठ २०८१, ०८ : ५२
रौतहट । विद्यार्थी भिसामा अध्ययनको लागि रसिया पठाई दिन्छु भनेर झन्डै ११ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई रौतहट स्थित प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।
पक्राउ पर्नेमा स्थानीय यमुनामाई गाउँपालिका २ का २३ वर्षीय राहुल कुमार प्रजापति रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन्।
प्रजापतिले आफ्नै गाउँका २० वर्षीय जितेन्द्र कुमार यादव लाई अध्ययन भिसामा रसिया पठाइदिने भनेर एम्बेसीद्वारा जारी भएको भन्दै नक्कली कागजात देखाएर १० लाख ८७ हजार ७२० रुपैयाँ ठगी गरेका थिए ।
पीडितको उजुरीको आधारमा पक्राउ परेका प्रजापतिमाथि ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दायर गरी जिल्ला अदालत रौतहटबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण