भ्रमण
प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमण : को–को जाँदैछन् उनको साथमा ?
शनिबार, २६ जेठ २०८१, १३ : ५९
१
काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यतालिका प्रकाशित गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने जानकारी दिएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारतको नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले प्रधानमन्त्रीको रूपमा लिन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्डले भारतको औपचारिक भ्रमण गर्न लागेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डको साथमा उनको छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी रहने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड १० जुनमा नेपाली फर्किने कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१९ दिनमा साढे ४० हजार मेट्रिकटन मल आपूर्ति
-
‘सरकारले देशलाई सही दिशा दिन सकेको देखिँदैन, प्राविधिक सुधार चाहिँ राम्रै छ’
-
लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ
-
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन
-
ज्ञानेन्द्रलाई प्रदेश सांसदले भनेः कर्णालीबाट संघमा हुने सांसदहरूले केही पनि योगदान गरेनन्
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण