क्यान्सर पीडित नक्कली ‘प्रचण्ड’लाई गोरेटोको आर्थिक सहयोग
काठमाडौँ । एक वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका कलाकार घनश्याम गौतम थप उपचारका लागि भारत जाने भएका छन् ।
आन्द्रामा तेस्रो स्टेजको क्यान्सरसँग लडिरहेका नक्कली‘प्रचण्ड’को उपनामले चिनिएका घनश्याम गत वर्ष गाईजात्राको समयमा प्रचण्डको नक्कल गर्न ठिक्क परेका बेला क्यान्सर भएको पुष्टि भएपछि एक वर्षदेखि ओछ्यानमा थलिएका छन् ।
उपचारमा आर्थिक अभाव भएका बेला कलाकार गौतमलाई गोरेटो कन्सल्टेन्सीले आर्थिक सहयोग गरेको छ । गोरेटो कन्सल्टेन्सीले कलाकार गौतमलाई १५ हजार रुपैयाँ र मेडिकल सामाग्री उपलब्ध गराएको छ ।
गोरेटो कन्सल्टेन्सीले उनकै निवासमा पुगेर उक्त रकम र मेडिकल सामाग्री उपलब्ध गराएको हो । विगत वर्ष दिनदेखि क्यान्सरले थलिएर नेपालमा उपचार गराउँदा २५ लाख बढी रकम खर्च गरिसकेका छन् । उनी भन्छन् ,‘मेरो क्षमताले भ्याएसम्मको उपचार गरेँ । अब भारतमा थप उपचारका लागि जाँदै छु । तर कसरी उपचार गर्ने भन्ने सोच्नै सकेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण