गण्डकी प्रदेश
मुख्यमन्त्री पाण्डेले एमालेसँग मागे विश्वासको मत
आइतबार, २७ जेठ २०८१, १४ : ११
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीसँग विश्वासको मत मागेका छन् । आइतबार ओैपचारिक पत्र लेखेर दलको तर्फबाट मत मागेका हुन् । पाण्डेले सोमबार ३ बजे विश्वासको मत लिँदैछन् ।
‘स्थायित्व र जनआकाङ्क्षा अनुरूप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बिचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ,’ उनले भने, ‘राजनीतिक दलहरू बिचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडी बढाउन मैले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावको पक्षमा यहाँ र यहाँको दलको सदस्यहरूले मतदान गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।’ एमालेसँग गण्डकी प्रदेशसभामा २२ सिट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण