जम्मु काश्मिरको रियासीमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली प्रहार
भारतको जम्मु काश्मिरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा आइतबार भएको ‘आतङ्कवादी आक्रमण’मा परी नौ जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् ।
बस दुर्घटनाबारे एएनआईसँग कुरा गर्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रियासी मोहिता शर्माले भने, “यो निकै दुर्भाग्यपूर्ण घटना हो । सुरुमा हामीले प्राप्त गरेको जानकारीअनुसार यात्रुबाहक बसमा बसमा आतङ्कवादी आक्रमण भएको (गोली चलाइएको) थियो ।
बस शिवखोरी मन्दिरबाट कटरातर्फ जाँदै थियो ।
“आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको थियो”, एसएसपीले भने, “उद्धार कार्य पूरा भएको छ ।”
उनले नौ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको बताए ।
उनीहरूलाई तत्कालै नरैनापुर र रियासी जिल्ला अस्पतालमा रेफर गरिएको थियो ।
“ती यात्रु स्थानीय थिएनन् । उनीहरुको पहिचान खुल्न सकेको छैन तर प्रारम्भिक रिपोर्टअनुसार उनीहरु उत्तर प्रदेशका हुन्,” शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण