पिटर्सबर्ग आर्थिक मञ्चमा सहभागी भइन् पुटिनका छोरी
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरू विरलै मात्रै सार्वजनिक रूपमा देखा पर्छन् । तर गएको हप्ता सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा पुटिनका दुवै छोरीहरू सहभागी भएका थिए ।
पूर्व पत्नीबाट जन्मिएका पुटिनकी छोरीहरू हुन् मारिया भोरोन्त्सोभा र केटेरिना तिखोनोभा । ३० वर्षको वैवाहिक जीवनपछि पुटिनले सन् २०१३ मा पूर्व पत्नी लुडमिलासँग सम्बन्ध विच्छेद गरेका थिए ।
आफ्ना छोरीहरू विज्ञान र शिक्षाको क्षेत्रमा काम गर्ने अनि आफ्ना नाति नातिना पनि भएको पुटिनले बताएका छन् । तर पुटिनले अहिलेसम्म उनीहरूको नाम पुष्टि गरेका छैनन् ।
पुटिनका दुवै छोरी विगतमा पनि पिटर्सबर्गको आर्थिक मञ्चमा सहभागी भएका छन् । तर कान्छी छोरी तिखोनोभा मात्रै वक्ता थिइन् । बिहीबार तिखोनोभ भिडियोमार्फत मञ्चमा सहभागी भएकी थिइन् । तिखोनोभा टेक एक्जेक्युटिभ हुन् ।
उनलाई नेशनल इन्टेलेक्चुअल डेभलपमेन्ट फाउन्डेसनको महानिर्देशकको रूपमा मञ्चमा वक्ताको रूपमा बोलाइएको थियो । तिखोनाभालाई अमेरिका र युरोपले सन् २०२२ मै प्रतिबन्धको सूचीमा राखेका थिए ।
शुक्रवार एउटा प्यानलमा पुटिनको जेठी छोरी मारिया भोरोन्त्सोभा आफैं आएकी थिइन् । भोरोन्त्सोभा भने एन्डोक्रिनोलोजिष्ट हुन् । उनी रसियन एसोसिएसन फर प्रोमोशन अफ साइन्सको सदस्यको रूपमा सो कार्यक्रममा सहभागी भएकी थिइन् ।
पुटिनले आफ्ना केही सम्पत्ति परिवारका सदस्यको बैंक खातामा लुकाएर राखेको विश्लेषकहरू बताउँछन् । आफ्ना छोरी र परिवारका सदस्यलाई पुटिनले गुप्त राखेका छन् ।
यसअघि नै पुटिनले आफ्नी छोरीहरू राजनीतिमा नरहेको र साधारण जीवनयापन गरिरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण