मन्त्रीको सिफारिसमा नाम छुटेपछि माओवादीमा लफडा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री सिफारिसमा नाम छुटेपछि माओवादी केन्द्रभित्र विवाद भएको छ । संसदीय दल र पार्टीभित्र छलफल नै नगरी दलका नेता मानबहादुर धामीले मन्त्री बन्नेहरूको नाम सिफारिस गरेको भन्दै विवाद भएको हो ।
माओवादी केन्द्रबाट अक्कल रावल, ओमविक्रम भाट र लक्ष्मी बिकको नाम सिफारिस गरिएको छ । उनीको नियुक्त रोक्न माग गर्दै मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बाँकी सांसदहरूले संयुक्त रूपमा पत्रचार गरेका छन् ।
माओवादी सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले संयुक्तरूपमा मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण बुझाएका हुन् । यहाँ माओवादीका सभामुखसहित ११ सांसद छन् ।
यस्तै नेकपा एमालेले पनि मन्त्री बन्ने ३ जनाको नाम सिफारिस गरेको छ । एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीको नाम सिफारिस भएको छ । सोमबार ५ बजे मन्त्रीहरूको शपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालय निकट स्रोतले बतायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण