सुनको सिक्री लुट्न अज्ञात समूहद्वारा युवकमाथि गोली प्रहार
जनकपुर । सुनको सिक्री लुट्न महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ मोटरसाइकलमा आएका अज्ञात समूहले सुनको सिक्री लुट्न युवकमाथि गोली प्रहार गरेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।
महोत्तरीको गौशाला ११ निवासी विनय महतोमाथि गोली प्रहार भएको महोत्तरी प्रहरी प्रवक्ता सन्तु जैसवालले बताए । उनका अनुसार साँझ मरहा जाँदै गरेको अवस्थामा महतोमाथि गोली प्रहार भएको हो । ३० वर्षीय महतोको कम्मरमुनि एक राउण्ड गोली प्रहार गरिएको महोत्तरी प्रहरी प्रवक्ता जैसवालले जनाए ।
घाइते महतोलाई उपचारको लागि जनकपुर अस्पताल लगिएको महोत्तरी प्रहरी बताउँछ । तर उनको अवस्था चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले महतोमाथि गोली प्रहार गरी सुनको सिक्री समेत लुटी लगेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने अज्ञात समूहको खोजी कार्य जारी रहेको प्रहरी भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण