समाजवादी मोर्चामा विचलन देखियो : विप्लव
काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताएका छन् । सोमबार जनकपुरमा भएको जनता समाजवादी पार्टी जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
विप्लवले नेपालमा समाजवादी मोर्चाको आवश्यकतालाई देखेर मोर्चा बने पनि पछिल्लो समय विचलन आएको र व्यवस्थित रूपमा लग्नको लागि छलफल जारी रहेको बताए । उनले नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता रहेको भन्दै मोर्चालाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे । उनले विश्वमा पुँजीवादले ठुलो युद्धको षडयन्त्र गरिरहेको बताए ।
विप्लवले विश्व बजार, पैसा, अर्थतन्त्रको सङ्कटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनतामाथि खेलबाड हुने काम भइरहेको भन्दै यस्तो कार्यले संसारलाई तेस्रो विश्व युद्धतिर लगिरहेको बताए । उनले ठुलो परिवर्तनपछि पनि नेपालमा जनताले न्याय नपाएको बताए । उनले नेपाललाई पनि कुनै न कुनै रूपले अशान्तितिर अर्को एउटा भिडन्ततिर डो¥याएको दाबी गरे । उनले नेपालमा श्रमिक जनता सचेत भएर अग्रगामी निकासको पक्षमा नभए ठुलो षड्यन्त्र हुने बताए । उनले समाजवाद नेपालको लागि मात्रै नभएर आजको विश्वको आवश्यकता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण