मनसुनमा बढी वर्षा हुने, पानी निकासको उचित व्यवस्था गर्न किसानलाई सुझाव
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सबै बालीका लागि जमिन तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको छ । नार्कले सार्वजनिक गरेको कृषि–मौसम सल्लाह बुलेटिन अनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर वा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न बालीको लागि जग्गा तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको हो ।
सोमबारदेखि भित्रिएको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको सुरुवातमा सुक्खा तथा उत्तरा क्षेत्रमा बढी पानी पर्ने देखिएकाले सुक्खा र डुबान सहन सक्ने सिफारिस गरिएका धानका जातहरू रोपाइँ गर्न नार्कले सुझाएको छ ।
खासगरी मध्य पहाडी क्षेत्रमा अत्यधिक वर्षाले निम्त्याउन सक्ने बाढी, पहिरोको जोखिम नियन्त्रणका लागि कृषि कार्य गर्दा गरो–कान्ला खेती प्रणालीलाई प्राथमिकता राख्न नार्कले किसानलाई सुझाव दिएको छ ।
यस्तै, संरक्षित संरचना (प्लास्टिक घर) निर्माण गरी खेती गर्न तयारी गर्ने किसानहरूले यस्ता संरचना बनाउँदा पानी नजम्ने स्थान छान्नु पर्ने पनि नार्कले प्रस्ट पारेको छ । साथै यस्ता संरचनाभित्र खेती गरिरहेका कृषकले संरचनाहरूको निरीक्षण गरी मनसुनपूर्व आवश्यक मर्मत–सम्भार कार्य गर्न समेत सो बुलेटिनमा सुझाइएको छ ।
यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू–भागमा सोमबार भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण