१२ कक्षापछि विद्यार्थीहरू अमेरिकादेखि कोरियासम्म पुगे : तेजुलाल चौधरी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नेपालबाट विद्यार्थी पलायन रोक्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले नेपालमा १६ वटा विश्वविद्यालयको कुनै औचित्य नभएको बताए ।
उनले भने, ‘हामीसँग उच्च शिक्षा छ, यसका लागि १६ वटा जति विश्वविद्यालय छन्, त्रिविमा मात्रै १ लाख हाराहारी विद्यार्थी छ, अरु विश्वविद्यालयमा विद्यार्थी नै छैन । ती विश्वविद्यालयमा राजनीतिका आधारमा भागबन्डा गर्ने, सोर्स फोर्सका आधारमा विश्वविद्यालय खडा गर्ने प्रवृत्ति छ ।’
उनले अगाडि भने, ‘अहिले इन्जिनियर पढ्नका लागि विद्यार्थी भेट्न सकेनौँ, धेरै फ्याकेल्टीहरु कमजोर छन् । धेरै कलेजहरूमा अहिले विद्यार्थी कम छन् । कक्षा १२ को जाँच दिने बित्तिकै हाम्रा विद्यार्थीहरू विदेश पलायन हुन थालेका छन् । अमेरिका भेट्यो भने, त्यसपछि क्यानडा, नभए अस्ट्रेलिया, अन्तिममा जापान छँदै छ, दक्षिण कोरिया छँदै छ । यसरी हाम्रा विद्यार्थीहरू पलायन भइरहेका छन् । विद्यार्थीहरूका लागि स्वदेशमै हामीले केही व्यवस्थापन गर्न सकेका छैनौँ ।’
काठमाडौँमा मात्रै शिक्षकको दरबन्दी रहेको र अन्य जिल्लामा शिक्षक दरबन्दी कम रहेका कारण दरबन्दी मिलान गर्नका लागि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण