बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा हिंसात्मक झडप, तीन जनाको मृत्यु
बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भएको हिंसामा तीन रोहिंग्या शरणार्थीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बंगलादेश प्रहरीका अनुसार शिविरमा दुई प्रतिद्वन्द्वी समूहबिच हिंसा भएको छ । अधिकारीहरूका अनुसार अराकान रोहिंग्या साल्भेसन आर्मीका सदस्यहरूले कक्स बजार जिल्लाको उखिया शिविरमा गस्ती गरिरहेका शरणार्थीहरूलाई आक्रमण गरेका थिए ।
कक्स बजार म्यानमारको सिमानामा रहेको छ । मारिनेहरू रोहिंग्या सोलिडारिटी अर्गनाइजेसनका सदस्य भएको बताइएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार शिविरमा शरणार्थीहरूबीच भएको हिंसामा यो वर्ष अहिलेसम्म कम्तीमा २० जनाको मृत्यु भइसकेको छ । सन् २०१७ मा म्यानमारमा रोहिंग्या समुदायमाथि सेनाले गरेको आक्रमणपछि झण्डै १० लाख रोहिंग्याहरू भागेर बंगलादेश पुगेका छन् । यी शरणार्थी बंगलादेशका शिविरमा बस्छन् । यीमध्ये अधिकांश शिविर कक्स बजार क्षेत्रमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण