बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा हिंसात्मक झडप, तीन जनाको मृत्यु

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भएको हिंसामा तीन रोहिंग्या शरणार्थीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बंगलादेश प्रहरीका अनुसार शिविरमा दुई प्रतिद्वन्द्वी समूहबिच हिंसा भएको छ । अधिकारीहरूका अनुसार अराकान रोहिंग्या साल्भेसन आर्मीका सदस्यहरूले कक्स बजार जिल्लाको उखिया शिविरमा गस्ती गरिरहेका शरणार्थीहरूलाई आक्रमण गरेका थिए ।
कक्स बजार म्यानमारको सिमानामा रहेको छ । मारिनेहरू रोहिंग्या सोलिडारिटी अर्गनाइजेसनका सदस्य भएको बताइएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार शिविरमा शरणार्थीहरूबीच भएको हिंसामा यो वर्ष अहिलेसम्म कम्तीमा २० जनाको मृत्यु भइसकेको छ । सन् २०१७ मा म्यानमारमा रोहिंग्या समुदायमाथि सेनाले गरेको आक्रमणपछि झण्डै १० लाख रोहिंग्याहरू भागेर बंगलादेश पुगेका छन् । यी शरणार्थी बंगलादेशका शिविरमा बस्छन् । यीमध्ये अधिकांश शिविर कक्स बजार क्षेत्रमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७२ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने कर्मचारीहरूको चेतावनी
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
एक साताभित्र जुत्ता,चप्पल र औषधीमा एमआरपी अनिवार्य राख्न निर्देशन
-
विद्यालय शिक्षा विधेयकको छलफल अघि बढाउन भूमि व्यवस्था मन्त्रीलाई जिम्मेवारी
-
चलाउनु हुँदैन संविधानका चार खुट्टा
-
ठगी मुद्दामा फरार प्रतिवादी पक्राउ