रातोपाटी टी-२० विश्वकप विशेष
जोनसनको अर्धशतकमा पाकिस्तानसामु १ सय ७ रनको लक्ष्य
मङ्गलबार, २९ जेठ २०८१, २१ : ५१
न्युयोर्क । एरोन जोनसनको अर्धशतकको मद्दतले क्यानडाले पाकिस्तानसामु जितका लागि १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको समूह ए अन्तरगतको खेलमा क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको हो ।
लो स्कोरिङ खेलहरु भइरहेको यस मैदानमा जोनसनले शानदार ब्याटिङ गर्दै ४४ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ४ छक्का प्रहार गरे ।
कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले २१ बलमा १० रनको योगदान दिए ।
पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २–२ विकेट लिए ।
दुवै टोलीको यो तेस्रो खेल हो । पाकिस्तान हालसम्म जितविहीन रहेको छ । टोलीलाई आज जित्नै पर्ने दबाब छ । क्यानडाले भने २ खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण