रिजवान र बाबरको साझेदारीमा पाकिस्तानको पहिलो जित
न्युयोर्क । टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । मंगलबार राति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।
जितका लागि पाएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर अजमले जितको आधार तयार गरे ।
दुवैले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । ६२ बलमा ६३ रन जोडेको साझेदारी बाबर आउट भएपछि तोडिएको थियो ।
कप्तान बाबरले ३३ बलमा ३३ रन बनाए । उनले यस क्रममा १ चौका र १ छक्का प्रहार गरे ।
रिजवानले टोलीका लागि सर्वाधिक ५३ रन बनाए । उनले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

यसअघि एरोन जोनसनको अर्धशतकको मद्दतले क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो ।
लो स्कोरिङ खेलहरु भइरहेको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जोनसनले शानदार ब्याटिङ गर्दै ४४ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ४ छक्का प्रहार गरे ।
कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले २१ बलमा १० रनको योगदान दिए ।
पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २–२ विकेट लिए । शाहिन शाह अफ्रिदी र नसिम शाहले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण