अन्तिम समयमा गोल खाँदा बराबरीमा रोकियो नेपाल
काठमाडौँ । इन्जुरी समयमा गोल खाएपछि नेपाल यमनसँग बराबरी खेल्न बाध्य भएको छ । फिफा विश्वकप फुटबल २०२६ छनोट खेलमा मंगलबार राति भएको खेल २–२ को बराबरीमा सकिएको हो ।
साउदी अरबमा खेलिएको खेलमा नेपाल सुरुवातमा नै पछि परेको थियो । नवौँ मिनेटमा पेनाल्टीमार्फत नासेर अल–घवासीले यमनलाई अग्रता दिलाएका थिए । तर, २२ औँ मिनेटमा सञ्जिव विष्टले नेपालका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको ६६ औँ मिनेटमा गिलेस्पी जंग कार्कीले नेपालाई अग्रता दिलाए । तर, ९१ औँ मिनेटमा मोहम्मद अल दाहीले गोल फर्काएपछि नेपाल बराबरी खेल्न बाध्य बन्यो ।

यता नेपाली टोलीका कप्तान किरन चेम्जोङले नेपाली राष्ट्रिय टोलीका लागि १ सयौँ खेल पूरा गरेका छन् । उनलाई खेलअघि १ सय नम्बर लेखिएको जर्सी प्रदान गरिएको थियो ।
नेपालले यसअघिका पाँचवटै खेलमा हार भोगेको छ । आजको खेल अघिसम्म पाँचै खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको थिएन भने १८ गोल खाएको थियो ।
नेपाली टोली यसअघि दुई खेलमा यूएईसँग क्रमशः ४–० गोल र ४–० गोलले पराजित भएको थियो । नेपाली टोलीलाई यमनले पहिलो खेलमा २–० गोलले हराएको थियो । यमनविरुद्धको दोस्रो खेल मंगलबार राति खेल्न लागिएको हो । नेपालले बहराइनसँग भने दुई खेलमा क्रमशः ५–० गोल र ३–० गोलको हार भोगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण