अन्तिम समयमा गोल खाँदा बराबरीमा रोकियो नेपाल

काठमाडौँ । इन्जुरी समयमा गोल खाएपछि नेपाल यमनसँग बराबरी खेल्न बाध्य भएको छ । फिफा विश्वकप फुटबल २०२६ छनोट खेलमा मंगलबार राति भएको खेल २–२ को बराबरीमा सकिएको हो ।
साउदी अरबमा खेलिएको खेलमा नेपाल सुरुवातमा नै पछि परेको थियो । नवौँ मिनेटमा पेनाल्टीमार्फत नासेर अल–घवासीले यमनलाई अग्रता दिलाएका थिए । तर, २२ औँ मिनेटमा सञ्जिव विष्टले नेपालका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको ६६ औँ मिनेटमा गिलेस्पी जंग कार्कीले नेपालाई अग्रता दिलाए । तर, ९१ औँ मिनेटमा मोहम्मद अल दाहीले गोल फर्काएपछि नेपाल बराबरी खेल्न बाध्य बन्यो ।
यता नेपाली टोलीका कप्तान किरन चेम्जोङले नेपाली राष्ट्रिय टोलीका लागि १ सयौँ खेल पूरा गरेका छन् । उनलाई खेलअघि १ सय नम्बर लेखिएको जर्सी प्रदान गरिएको थियो ।
नेपालले यसअघिका पाँचवटै खेलमा हार भोगेको छ । आजको खेल अघिसम्म पाँचै खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको थिएन भने १८ गोल खाएको थियो ।
नेपाली टोली यसअघि दुई खेलमा यूएईसँग क्रमशः ४–० गोल र ४–० गोलले पराजित भएको थियो । नेपाली टोलीलाई यमनले पहिलो खेलमा २–० गोलले हराएको थियो । यमनविरुद्धको दोस्रो खेल मंगलबार राति खेल्न लागिएको हो । नेपालले बहराइनसँग भने दुई खेलमा क्रमशः ५–० गोल र ३–० गोलको हार भोगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन