जुम्लाको हिमाली रम्बा आधारभूत आवासीय विद्यालयलाई नेविसंघको सहयोग
बुधबार, ३० जेठ २०८१, १० : ४३

जुम्ला । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जुम्लाको एक आवासीय विद्यालयलाई शैक्षिक, खेलकुद एवं खाद्यान्न सामाग्री वितरण गरेको छ । नेविसंघ केन्द्रीय कार्य समितिको पहल तथा जिल्ला कार्य समितिको संयोजनमा गुठीचौर गाउँपालिका–१ मा रहेको हिमाली रम्बा आधारभूत आवासीय विद्यालयलाई शैक्षिक, खेलकुद तथा खाद्यान्न सहयोग गरेको हो ।
हिमाली रम्बा आधारभूत आवासीय विद्यालयमा हाल ४२ जना विद्यार्थी अध्ययनरत छन् भने अधिकांश बालबालिका अभिभावकविहीन छन् ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालले प्रारम्भिक बालविकास विद्यार्थीलाई सरकारले प्रदान गर्दै आएको दिवा खाजाको रकम पालिकास्तरबाट समेत थप वृद्धि गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?
-
मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा
-
मुख्यमन्त्री शाह र भारतीय अधिकारीबिच ऊर्जा क्षेत्रको विकासबारे छलफल