रघुजी पन्तको प्रश्न : सरकारको नुन खाएर विदेशी नागरिकता र पीआर लिने को–को हुन् ?
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले दोहोरो नागरिकता र विदेशी पीआर भएका कर्मचारी र ब्युरोक्र्याट्सहरुको छानबिनका लागि अख्तियारले लेखेको पत्रले बाटो बिराएको भन्दै त्यस्ता कर्मचारी र ब्युरोक्र्याट्सहरु को–को हुन् भनेर सरकारले संसद्लाई जानकारी दिनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता पन्तले अख्तियारले लेखेको पत्र केही समय हराएको र अहिले भेटिएको भन्ने समाचार आएको भन्दै नेपाल सरकारको नुन खाएर विदेशी नागरिकता लिने को–को हुन् भनेर चिन्न पाउनुपर्ने बताए ।
‘पीआर भएका कर्मचारी ब्युरोक्र्याट्सहरुको दोहोरो नागरिकता छ छैन ? छानबिन गर्न भनेर अख्तियारले लेखेको चिठीले प्रधानमन्त्री कार्यालयमा बाटो बिरायो रे । बल्लबल्ल त्यो फेला त परेको छ रे । फेला परेर पनि कारबाहीका लागि लेखिएको भनेर समाचारहरूमा पढ्न पाइएको छ’, पन्तले भने, ‘नेपाल सरकारको नुन खाँदा खाँदै विदेशी नागरिकता पनि लिन रहर लाग्ने महानुभावहरू को–को रहेछन् ? त्यो हामीले चिन्न पाउनुपर्यो ।’
उनले अख्तियारको कारबाहीमा सम्बन्धित प्रशासनले छिटो कारबाही गरेर त्यसको जानकारी संसद्लाई दिन माग समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण