१३ जिल्लामा एमाले अधिवेशन अनिश्चित (सूचीसहित)
काठमाडौँ । नेकपा एमालेले तोकिएको समयमा ६८ वटा जिल्ला कमिटीको मात्रै जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
२०८१ जेठ जेठ महिनाभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रले निर्देशन दिएपनि १३ वटा जिल्लाले समयमा अधिवेशन गर्न नसकेका हुन् ।
जेठ ३२ गतेभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने १३ वटा जिल्लाले अब ८१ सालको सदस्यता नवीकरण गरेरमात्रै अधिवेशन गर्नुपर्ने छ । यसअघि एमालेले २०८० सालसम्मको देशभरका पार्टी सदस्यहरूको सदस्यता नवीकरण गरेको थियो ।
कतिपय जिल्लामा सदस्यता विवाददेखि सांगठानिक काम पूरा नभएकाले तोकिएको समयमा जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको नेताहरूले बताएका छन् ।
७७ जिल्ला र चार वटा विशेष क्षेत्र गरी ८१ वटा जिल्लामध्ये ६८ वटा जिल्लाको अधिवेशन सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेले युवा, विद्यार्थी, उद्योग व्यवसाय र मजदुर गरी चारवटा सङ्गठनलाई विशेष क्षेत्रका रूपमा जिल्ला कमिटी सो सरहको मान्यता दिएको छ ।
अधिवेशन हुन बाँकी जिल्लाहरूमा कोशी प्रदेशका तीन वटा रहेका छन् । कोशीका इलाम, मोरङ र तेह्रथुम जिल्लामा अधिवेशन हुन सकेन । त्यसैगरी मधेस प्रदेशमा पनि तीन वटा जिल्लाको एमालेले समयमा अधिवेशन गर्न सकेन । बागमती प्रदेशका सबै जिल्लाको अधिवेशन सम्पन्न गरेको एमालेले गण्डकीको मनाङ र कर्णालीको डोल्पामा पनि जेठ महिनाभित्र अधिवेशन गर्न असफल भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका डोटी, अछाम र बझाङ जिल्लाको अधिवेशन पनि हुन नसकेको एमाले सङ्गठन विभागका सचिव समेत रहेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार विशेष क्षेत्र अन्तर्गतका युवा, विद्यार्थी, उद्योग– व्यवसाय र मजदुरको पनि अधिवेशन हुन बाँकी रहेको छ ।
किन भएन १३ जिल्लाको अधिवेशन ?
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही जेठ मसान्तभित्र अधिवेशन नगर्ने जिल्लामा यो वर्षको सदस्यता नवीकरण गरेरमात्र अधिवेशन गर्न पाउने बताए ।
‘जेठ महिना कटेपछि नयाँ वर्षको पार्टी सदस्यता नवीकरण गरेपछिमात्र अधिवेशन गर्नुपर्ने हुन्छ’, गौतमको भनाइ छ । उनले १३ जिल्लाको हकमा पार्टी कमिटीहरूले अधिवेशनलाई प्राथमिकतामा नराखेका कारण अधिवेशन हुन नसकेको बताए ।
‘ती जिल्लाले अधिवेशनलाई प्राथमिकतामा राखेनन् । त्यस कारण अव बाँकी जिल्लाको अधिवेशन मङ्सिर महिनामामात्रै हुन्छ’, गौतमले भने, ‘कतिपय जिल्लामा आयोजक कमिटी बनेको छ । आयोजक कमिटी बनेका जिल्लामा पनि ६ महिनाभित्र अधिवेशन गर्नुपर्ने हुन्छ तर नयाँ सदस्यता नवीकरण गरेर मात्रै गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण