विद्यालयस्तरमा विश्व योग दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय
बुधबार, ३० जेठ २०८१, १५ : १४

काठमाडौँ । सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको हो ।
शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ नाराका साथ विद्यालयस्तरमा दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले प्रदेश र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गरिनुका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमलादीको दीप प्रज्वलनमा हिमानीदेखि हृदयेन्द्रसम्म (तस्बिरहरू)
-
नेपालसामु जितका लागि २ सय ९७ रनको लक्ष्य
-
निजामती विधेयकमा कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद् गेट अगाडि धर्ना दिने
-
सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै
-
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल
-
बन्दका बाबजुद साँझपख चल्न थाले सार्वजनिक गाडी (फोटो फिचर)