जबरजस्ती दोषी बनाइएका थारुहरूसँग राज्यले माफी माग्नुपर्छ : रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका हुन् । बुधबार काठमाडौँमा नेपाल समाजवादी पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै टिकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताएका हुन् ।
उनले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरू जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताए ।
उनले भने, ‘सबैभन्दा पहिला टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त मिलाउनुपर्छ । हाम्रो के अपराध थियो । जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्यायो त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ? घाइतेलाई उठाएर उपभार गर्नेले आठ वर्षसम्म जेलको कालकोठीमा सड्नुपर्ने ? अब जाक्नेवालाको खोजीनिती गर्नुस् । घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ । टिकापुरको अब नाम भन्ने बेला आएको छ । साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरू जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनिदिने ? महाधिवेशन नै नगर्ने पार्टीहरू वैध, पुसको कठ्याङ्ग्रिने जाडोमा जनताहरू आएर गरेको महाधिवेशन अवैध ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममा श्रम, रोजगार : श्रम गर्ने संस्कृतिको विकास गर्नेदेखि कार्य घण्टामा आधारित ज्याला दिनेसम्म
-
प्रतिनिधिसभाले राष्ट्रपतिको सम्बोधनका लागि पारित गर्यो धन्यवाद प्रस्ताव
-
प्रधानमन्त्रीले प्रतिनिधिसभामा पेस गरे राष्ट्रपतिको सम्बोधन
-
राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न प्रतिनिधिसभाको दोस्रो बैठक बस्दै
-
१० हजार सहकारी पीडितका रकम फिर्ता गरिसकेका छौँ : मन्त्री अधिकारी
-
एक वर्षभित्रै मुलुकलाई ग्रे लिष्टबाट बाहिर ल्याउने घोषणा