आँप खाँदा अनुहारमा बिबिरा आउँछ ? यस्तो छ आँप खाने सही तरिका
काठमाडौँ । गर्मीको मौसममा आँप खानुको मजा नै बेग्लै छ । तर केही मानिसलाई आँप खाँदा अनुहारभरि बिबिरा वा डन्डीफोर पनि आउन थाल्छ । तर आँप खाँदा केही उपाय अपनाउने हो भने यो समस्याबाट बच्न सकिन्छ ।
कसरी खाने आँप ?
आँपमा प्राकृतिक मोलेक्यूल (यसलाई प्याथिक एसिड पनि भनिन्छ) उच्च मात्रामा पाइन्छ । यो तत्त्व बदामलगायत कयौँ ड्राई फ्रुट्समा पाइन्छ । खानु भन्दा १ घण्टा अघि आँपलाई पानीमा डुबाएर राखिदिने हो भने यो एसिडको असर कम हुन्छ अनि डन्डीफोर आउने डर हुन्न ।
आँप खाने बित्तिकै किन आउँछ डन्डीफोर ?
– आँपको ग्लाइसेमिक इन्डेक्स निकै धेरै हुन्छ । यसले तीव्र गतिमा ब्लड सुगरलाई बढाउँछ । यसका कारण इन्सुलिन बढेर डन्डीफोरको समस्या देखिन सक्छ ।
– बढी गुलियो हुने भएकोले आँपले इन्सुलिनलाई प्रभावित गर्छ र अनुहार फुल्न थाल्छ । यसका कारण पनि डन्डीफोर देखिन सक्छ ।
– आँप खाँदा सेबासियस गन्थ्रीले अत्यधिक मात्रामा तेल उत्पादन गर्न थाल्छ । जसका कारण रौँका छिद्र बन्द हुन्छन् र अनुहारमा बिबिरा आउँछन् ।
– आँपले शरीरलाई गर्मी बनाउँछ । यो खाने बित्तिकै शरीरका भित्री अङ्गहरूमा गर्मी हुन थाल्छ । यसका कारण पनि डन्डीफोरको समस्या आउन सक्छ ।
– कतिपय मान्छेलाई आँप खाएपछि एलर्जी हुन्छ । अनुहार फुल्छ र डन्डीफोरको समस्या सुरु हुन्छ ।
यी सबै समस्यालाई आउन नदिन वा कम गर्न आँपको फेदलाई थोरै ताछेर केही समय पानीमा भिजाएर खानु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण