कांग्रेस र रास्वपा सांसदले दर्ता गराए कलंकी चाबहिल सडकबारे संकल्प प्रस्ताव
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले चक्रपथको कलंकी–चाबहिल सडकखण्ड निर्माण सम्पन्न गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गरेका छन् ।
काठमाडौँबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कांग्रेस र रास्वपाका सांसदहरूले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई बुधबार जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव बुझाएका हुन् ।
नेपाल र चीन सरकारबिच रिङरोडको कलंकी–चाबहिल सडक खण्ड निर्माण गर्ने सहमति भएको थियो ।
‘दुवै सरकार बिचमा भएको समझदारी अनुरूप विस्तार कार्य हुने वा नहुने अन्योलता हटाइ रिङरोड विस्तारको कार्यलाई सुनिश्चित गर्न, अस्तव्यस्त सडक र आसपासको वातावरणीय प्रदूषण कम गर्न, सवारी साधन आवतजावत तथा ट्राफिक व्यवस्थापन गर्न, आम नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र सहरी सुन्दरताको पुनरावृत्ति गर्न रिङरोड कलंकी धोबीखोला–चाबहिल विस्तार कार्यलाई अविलम्ब सुचारु गरी यथाशक्य चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्नका लागि यस संकल्प प्रस्ताव प्रस्तुत गर्दछौँ,’ उनीहरूको प्रस्तावमा भनिएको छ ।
कांग्रेस सांसद प्रदीप पौडेल प्रस्तावक र समर्थकमा गगन थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, सपनाराज भण्डारी, अम्बिका बस्नेत, त्यस्तै रास्वपाका सांसद शिशिर खनाल, गणेश पराजुली र सोविता गौतमले संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण