कुवेतको श्रमिक क्याम्प आगलागी : ३ जना नेपाली घाइते, मन्त्रीले लिए जानकारी
काठमाडौँ । कुवेतको एक श्रमिक क्याम्पमा भएको आगलागीमा परेर ३ जना नेपाली सामान्य घाइते भएका छन्। महंगाफास्थित एक आप्रवासी श्रमिक बसोबास गर्दै आएको क्याम्पमा बुधबार बिहान आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । आगलागी भएको क्याम्पमा ५ जना नेपाली बसोबास गर्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
पाँच जनामध्ये २ जना सुरक्षित रहेको र ३ जना सामान्य घाइते भएको कुवेतस्थित नेपाली दूतावासलाई उदृत गर्दै श्रम मन्त्रालयले जनाएको छ। आगलागीमा घाइते भएका नेपाली श्रमिकको अवस्थाबारे श्रममन्त्री डोलप्रसाद अर्यालले जानकारी लिएका छन्। कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका हुन् ।
आगलागी भएको क्याम्पमा पाँच जना नेपाली श्रमिक भएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको हो । आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।
उपचारत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ । दिनेशकुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेको दूतावासले जनाएको छ । त्यस्तै, जाकिर नाडाफ र सन्तोषकुमार गोइत भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण