कुवेतको श्रमिक क्याम्प आगलागी : ३ जना नेपाली घाइते, मन्त्रीले लिए जानकारी

काठमाडौँ । कुवेतको एक श्रमिक क्याम्पमा भएको आगलागीमा परेर ३ जना नेपाली सामान्य घाइते भएका छन्। महंगाफास्थित एक आप्रवासी श्रमिक बसोबास गर्दै आएको क्याम्पमा बुधबार बिहान आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । आगलागी भएको क्याम्पमा ५ जना नेपाली बसोबास गर्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
पाँच जनामध्ये २ जना सुरक्षित रहेको र ३ जना सामान्य घाइते भएको कुवेतस्थित नेपाली दूतावासलाई उदृत गर्दै श्रम मन्त्रालयले जनाएको छ। आगलागीमा घाइते भएका नेपाली श्रमिकको अवस्थाबारे श्रममन्त्री डोलप्रसाद अर्यालले जानकारी लिएका छन्। कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका हुन् ।
आगलागी भएको क्याम्पमा पाँच जना नेपाली श्रमिक भएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको हो । आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।
उपचारत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ । दिनेशकुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेको दूतावासले जनाएको छ । त्यस्तै, जाकिर नाडाफ र सन्तोषकुमार गोइत भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी