न्याय सेवा आयोगका सरकारी वकिलतर्फ १४३ जनाको सरुवा
बिहीबार, ३१ जेठ २०८१, १७ : ५०

काठमाडौँ । न्याय सेवा आयोगले १४३ जना सरकारी वकिलहरूको एकैपटक सरुवा गर्ने निर्णय गरेको छ। आज बसेको न्याय सेवा आयोगको बैठकले सरकारी वकिल समूहतर्फ ठुलो सङ्ख्यामा सरुवा गरेको हो ।
सरकारी वकिल समूहको प्रथम श्रेणीका ५२ जनाको सरुवा गरेको छ भने द्धितिय श्रेणीतर्फ ९१ जनाको सरुवा गर्ने निर्णय गरेको छ। त्यस्तै अशोकराज रेग्मीलाई सहसचिव सरह सहन्यायाधिवक्तामा बढुवा गर्ने निर्णय पनि आयोगले गरेको छ। वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा महान्यायाधिवक्ता कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्न सिफारिस गरेको छ ।
आयोगमा प्रधानन्यायाधीश अध्यक्ष, वरिष्ठतम न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष, महान्यायाधिवक्ता र कानुन मन्त्री सदस्य हुने संवैधानिक व्यवस्था छ। जसमा न्याय परिषद्को सचिव पनि सदस्यको रूपमा रहने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘म राजनीतिमा आउदिनँ’
-
प्रचण्डपछि पार्टी कसरी चल्छ भन्ने बहस निरर्थक, उत्तराधिकारीको श्रृंखला तयार छ : वर्षमान पुन
-
लागूऔषध सहित तीन जना पक्राउ
-
गगन थापाले भने, ‘कांग्रेसभित्र अहिले उकुसमुकुस छ’
-
सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु, ८ जना घाइते
-
शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य