न्याय सेवा आयोगका सरकारी वकिलतर्फ १४३ जनाको सरुवा
बिहीबार, ३१ जेठ २०८१, १७ : ५०
काठमाडौँ । न्याय सेवा आयोगले १४३ जना सरकारी वकिलहरूको एकैपटक सरुवा गर्ने निर्णय गरेको छ। आज बसेको न्याय सेवा आयोगको बैठकले सरकारी वकिल समूहतर्फ ठुलो सङ्ख्यामा सरुवा गरेको हो ।
सरकारी वकिल समूहको प्रथम श्रेणीका ५२ जनाको सरुवा गरेको छ भने द्धितिय श्रेणीतर्फ ९१ जनाको सरुवा गर्ने निर्णय गरेको छ। त्यस्तै अशोकराज रेग्मीलाई सहसचिव सरह सहन्यायाधिवक्तामा बढुवा गर्ने निर्णय पनि आयोगले गरेको छ। वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा महान्यायाधिवक्ता कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्न सिफारिस गरेको छ ।
आयोगमा प्रधानन्यायाधीश अध्यक्ष, वरिष्ठतम न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष, महान्यायाधिवक्ता र कानुन मन्त्री सदस्य हुने संवैधानिक व्यवस्था छ। जसमा न्याय परिषद्को सचिव पनि सदस्यको रूपमा रहने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
-
उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण