बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेललाई भ्रष्टाचार मुद्दामा सफाइ

बिहीबार, ३१ जेठ २०८१, १९ : ५८
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ ।  विशेष अदालतले उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन कामु उपनिर्देशक पवन कुमार कर्ण, प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल र निर्देशकहरू ध्रुवबहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई सफाइ दिएको हो । आवश्यक नभएको सामग्री खरिद गरेको आरोपमा अख्तियारले उनीहरूमाथि २२ लाख ७८ हजार भ्रष्टाचार गरेको अभियाेग पत्र दायर गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप