शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदको विवाद, के–के छन् कार्ययोजना ?

शुक्रबार, ३२ जेठ २०८१, १५ : ५१
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले संगठनको आगामी कार्ययोजना–२०८१ माथि छलफल थालेको छ । प्रज्ञा भवन कमलादीमा जारी क्रान्तिकारीको केन्द्रीय समिति बैठकमा आगामी कार्ययोजनामाथि छलफल थालेको हो । 

बिहीबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले मंसिरको अन्तिम साता २३ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । त्यसअघि भदौ २१ र २२ गते विधान सम्मेलन गर्ने निर्णय गरेको थियो । केन्द्रीय समिति बैठकमा पदाधिकारीले अनुमोदन गरेको एजेण्डामाथि छलफल भइरहेको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

क्रान्तिकारीको आगामी कार्यायोजनामा समाजवादी शिक्षाको लागि शैशिक संवाद कार्यक्रम तय गरेको छ । क्रान्तिकारीले एक विद्यार्थी नेता, एक शैक्षिक संस्था, एक पालिका, एक क्रान्तिकारी अभियानको नारा तय गरेको छ । यस्तै असारदेखि भदौ र असोजदेखि मंसिरसम्म दुई चरणमा तीन महिने अभियान सञ्चालन गर्ने क्रान्तिकारीले तय गरेको छ ।

कार्ययोजना अनुसार असोज १५ सम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने, कात्तिक मसान्तसम्म सबै प्रदेश, विश्वविद्यालय र सीटीभीटीको राष्ट्रिय सम्मेलन गर्ने योजना छ । क्रान्तिकारीले मंसिर २५, २६ र २७ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । 

पदाधिकारी बैठकले तय गरेको एजेण्डा परिमार्जनसहित अनुमोदन गरी बैठक शुक्रबार सकिने अध्यक्ष सिंहले बताइन् । यद्यपि ३२ वर्षे उमेर हद कायम गर्ने विषयमा संगठनभित्र तीव्र विवाद रहेको छ । सो विवादको निक्र्योल केन्द्रीय समिति बैठकले गर्ने उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप