माओवादीको कारबाहीमा परेका मन्त्री देवकोटा सर्वोच्च अदालत जाने
पोखरा । नेकपा माओवादी केन्द्रको सिफारिसमा कारबाहीमा परेका गण्डकी प्रदेशका ऊर्जामन्त्री तथा नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालत जाने बताएका छन् ।
गण्डकी प्रदेश सभाबाट निलम्बनमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले कारबाहीविरुद्ध सर्वोच्च जान कागजात तयार गरिरहेको बताए । देवकोटाले माओवादीको कारबाहीले आफू आश्चर्यमा परेको बताएका छन् । उनले सबै खालको प्रतिवाद गर्ने पनि चेतावनी दिए ।
जेठ २८ गते देवकोटाले माओवादी संसदीय दलको ह्विप उलङ्घन गरी मुख्यमन्त्री सुरेन्द्रकुमार पाण्डेलाई विश्वासको मत दिएका थिए । ह्विप उलङ्घनको आरोपमा माओवादीले देवकोटालाई बिहीबार स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै शुक्रबार बिहान देवकोटालाई कारबाही गरेको सूचना माओवादी संसदीय दलले संसद् सचिवालयमा जानकारी गराएको थियो । सोही पत्रको आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पदमुक्त भएको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण