बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लेखिका अरुन्धती रोयविरुद्ध यूएपीएअन्तर्गत मुद्दा चलाइने

शनिबार, ०१ असार २०८१, ०७ : ०४
शनिबार, ०१ असार २०८१

नयाँ दिल्ली । दिल्लीका उपराज्यपाल वीके सक्सेनाले लेखिका अरुन्धती रोय र कश्मीरका डाक्टर शेख शौकत हुसैनलाई गैरकानूनी गतिविधि (रोकथाम) ऐन अर्थात यूएपीए अन्तर्गत मुद्दा चलाउन अनुमति दिएका छन्। शेख शौकत हुसेन कश्मीर केन्द्रीय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका पूर्व प्राध्यापक हुन्।

दिल्लीका लेफ्टिनेन्ट गभर्नरको कार्यालयबाट जारी विज्ञप्तिमा एलजी सक्सेनाले २९ नोभेम्बर २०१० मा अरुन्धती रोय र डा शेख शौकत हुसैन विरुद्ध यूएपीएअन्तर्गत दर्ता भएको एफआईआरमा मुद्दा चलाउन अनुमति दिएको बताइएको छ । सुशील पण्डितको उजुरीमा यो एफआईआर दर्ता भएको हो ।

दिल्लीको एलटीजी अडिटोरियममा ‘आजादी – द ओन्ली वे’ नामक सम्मेलनको ब्यानरमुनि ‘भारतबाट कश्मीर अलग गर्ने’ अभियान चलाइएको आरोप छ । सम्मेलनमा बोल्नेहरूमा सैयद अली शाह गिलानी, एसएआर गिलानी (संसद् आक्रमणका मुख्य अभियुक्त र सम्मेलनका एंकर), अरुन्धती रोय, डा शेख शौकत हुसेन र माओवादी समर्थक वरवरा राव थिए।

गिलानी र अरुन्धती रोयले कथितरुपमा कश्मीर कहिल्यै पनि भारतको हिस्सा नभएको र भारतीय सशस्त्र सेनाले जबरजस्ती कब्जा गरेको आरोप लगाएको बताइएको छ। उजुरीकर्ताले सम्मेलनको रेकर्डिङ उपलब्ध गराएका थिए । 

उजुरीकर्ताले सीआरपीसीको धारा १५६(३) अन्तर्गत एमएम अदालत, नयाँ दिल्लीमा उजुरी दायर गरेका थिए। त्यसैको आधारमा एफआइआर दर्ता गरी अनुसन्धान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप