‘चैते धानबाली काटेर खेतमा नछोड्नुहोस्’
आइतबार, ०२ असार २०८१, १२ : ५३
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चैते धानबाली काटेर खेतमा नछोड्न आग्रह गरेको छ । नार्क अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जारी गरेको कृषि मौसम सल्लाह बुलेटिनमा भित्र्याउने अवस्थाको चैते धानबाली काटेर खेतमा नछोड्न आग्रह गरेको हो ।
यो साता कोशी, मधेस, बागमती प्रदेशमा मनसुनी हावाको प्रभाव हुने भएकाले सो आग्रह गरिएको बुलेटिनमा उल्लेख छ । यस्तो छ ६ असारसम्मको कृषि–मौसम सल्लाह :
- धेरै बिहान आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य बिहान र बेलुकीपख मात्र टिप्ने ।
- फर्सी समूहको तरकारीमा लाग्ने चोप निस्कने डढुवा रोगको लक्षण देखापरेमा मेन्कोजेवयुक्त वा क्लोरोथालोनिल नामक विषादी २ ग्राम प्रति लिटर पानीका दरले ८–१० दिनको फरकमा २–३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरि छर्केर उपचार गर्ने,
- उखुबालीमा प्लासी गवारोले क्षति पुर्याउने भएकोले नियमित अनुगमन गरि व्यवस्थापनका उपायहरू अपनाउने ।
- मध्य तथा पश्चिमी तराई भू–भागहरूमा साताको सुरुमा तातो हावा तथा तातो लहरको सम्भावना रहेकोले गाई वस्तुलाई सुरक्षित र छायादार ठाउँमा राख्ने ।
- सधैँ सफा र चिसो पिउने पिउने । सम्भव भएसम्म ११ बजे देखि ४ बजेसम्म गाई वस्तुलाई काम नगराउने र चराउन नलैजाने ।
- गोठको छानालाई परालले छोप्ने, सेतो रङ्ग लगाउने वा तापक्रम घटाउन गोबर माटोले लिप्ने ।
- गाईवस्तुहरुको गोठमा पंखा, पानीको स्प्रे वा फोगर्सहरुको प्रयोग गर्ने । अत्यधिक गर्मीको समयमा, पानी स्प्रे गरी पंखा लगाउने ।
- गाई वस्तुलाई चिसो पानीले नुहाइदिने ।
- गर्मीको समयमा हुने तापीय आघात तथा हावाहुरी, असिना पानीबाट बचाउन माछापोखरीमा पानीको गहिराई कम्तीमा १.५ मिटर कायम राख्ने ।
- कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिने गरी व्यवस्था गर्ने ।
- कृषि र पशु सम्बन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर – ११३५ मा हरेक सोमबार दिउसो २ देखि ४ बजेसम्म फोन गर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण