अदालत
फिल्म निर्देशक सुदर्शन थापाविरुद्ध एक करोड ५० लाखको मुद्दा दायर
आइतबार, ०२ असार २०८१, १९ : १९
काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दायर भएको छ । मुद्दामा थापासँगै ओमप्रकाश अग्रवाल र मिलनकुमार श्रेष्ठलाई पनि अभियुक्त बनाइएको छ ।
प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।
निर्देशक थापा, सम्पादक श्रेष्ठ र ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल मिलेर सम्झौता विपरीत निर्मातालाई कुनै जानकारी नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर एक करोड ५० लाख रुपैयाँ बराबरको हानी पुर्याएको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण