बजेट जनता र राष्ट्रको पक्षमा : प्रधानमन्त्री
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए । उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।”
सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ । “यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु”, उनले भने ।
प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले कुनै परिवर्तन नहुने बताए । उनले भने– “मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
-
राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
-
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण