एम्बाप्पेको नाक भाँचियो
काठमाडौँ । सोमबार अस्ट्रियाविरुद्ध १–० को संघर्षपूर्ण जित हासिल गर्ने क्रममा फ्रान्सका स्टार खेलाडी किलियान एम्बाप्पे घाइते भएका छन् । प्रशिक्षक डिडिएर डेसच्याम्पसका अनुसार उनको नाक भाँचिएको छ र उनले ठिक महसुस गरिरहेका छैनन् ।
यता फ्रेन्च फुटबल फेडरेसनका अध्यक्ष फिलिपे डियालोले भने पत्रकारहरूसँग एमबाप्पेलाई शल्यक्रियाको आवश्यकता नभएको बताएका छन् । उनको चोटको अवस्था अझै अज्ञात रहेको छ ।
२५ वर्षीय खेलाडी मैदानमा नै रगताम्मे भएका थिए । उनको अनुहारभरि रगत देखिएको थियो । केही समय मैदानमा नै उनको उपचार गरेपछि उनलाई मैदान बाहिर लगिएको थियो ।
फ्रान्सले उनको स्थानमा ओलिभिए जिरुलाई मैदानमा पठाउने तयारी गरेको थियो तर खेल त्यतिकै सुरु गरियो । त्यसपछि एम्बाप्पे बिना अनुमति मैदानमा नै गएर बसेका थिए । उनलाई यसका लागि पहेँलो कार्ड देखाइएको थियो । त्यसपछि मात्र उनको स्थानमा जिरु मैदानमा छिरे ।
‘उनको अवस्था ठिक छैन,’ डेसच्याम्पसले खेलपछि आयोजित पत्रकार सम्मेलनमा भने, ‘उनको नाकमा नराम्रो चोट लागेको छ । चोटको अवस्थाबारे हामी जाँच गर्नेछौँ । तर, अवस्था जटिल देखिएको छ । यो हाम्रो लागि दुर्भाग्य हो । अहिले उनको हालत कस्तो छ भन्ने म ठ्याक्कै भन्न सक्ने अवस्थामा छैन ।’
एम्बाप्पेले फ्रान्सका लागि ८० खेलमा ४७ गोल गरेका छन् । तेस्रो युरोपियन च्याम्पियनसिप जित्ने होडमा रहेको फ्रान्सका लागि उनको उपस्थिति महत्त्वपूर्ण छ । सोमबार रातिको खेलमा पनि उनकै क्रसमा अस्ट्रियाका म्याक्स वोबरले आत्मघाती गोल गरेका थिए ।
शुक्रबार हुने नेदरल्यान्ड्सविरुद्धको खेल एम्बाप्पेले गुमाउन सक्छन् भन्ने प्रश्नमा उनले भने, ‘म अनुमानमा जान चाहन्नँ । फ्रान्सको टोली किलयानसँग झनै सशक्त हुन्छ । यदि राम्रो समाचार आएन भने हामी उनी बिना नै लड्नुपर्ने हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण