बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नयाँ इतिहास रच्दै रोनाल्डो

रोनाल्डो हाम्रा लागि प्रेरणा हुन् : डियास
मङ्गलबार, ०४ असार २०८१, १० : ५२
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो छैटौँपटक युरोपियन च्याम्पियनसिपमा भाग लिँदै नयाँ इतिहास बनाउने तयारीमा छन् । यसैबिच पोर्चुगलका डिफेन्डर रुबेन डियासले रोनाल्डो आफूहरूका लागि प्रेरणा भएको बताएका छन् ।

भेटरान फरवार्डले सन् २००४ को युरोमा पहिलोपटक सहभागिता जनाएका थिए । त्यसयता उनले हरेक प्रतियोगितामा गोल पनि गरेका छन् । उनले युरोमा कीर्तिमानी १४ गोल गरेका छन् । 

समूह एफमा रहेको पोर्चुगलले नेपाली समयअनुसार बुधबार बिहान चेक रिपब्लिकको सामना गर्दै युरो २०२४ को अभियानको सुरुवात गर्दैछ । जर्मनीमा आयोजना भइरहेको च्याम्पियसिपमा रोनाल्डोले गोल गरे उनी प्रतियोगितामा गोल गर्ने सबैभन्दा धेरै उमेरका खेलाडी पनि बन्नेछन् ।

खेलअघि म्यानचेस्टर सिटीका डिफेन्डर डियासलाई ‘३९ वर्षको उमेरमा रोनाल्डोले देशको नेतृत्व गरिरहँदा तपाईंहरुका लागि कस्तो महत्त्व छ ?’ भनेर सोधिएको थियो । जवाफमा उनले भने, ‘यसले हाम्रो प्रेरणा, सबै कुरा र हरेक कुराको प्रतिनिधित्व गर्छ । यसले हामीले हामीले देख्ने सपना पूरा गर्न सक्छौँ भन्ने देखाउँछ ।’

‘हामीसँग उनलाई पाउँदा आनन्द महसुस हुन्छ । करियरको यो पलमा उनी हामीसँग हुनु भनेको उनी यहाँ हामीसँग हुन चाहनु हो । उनी हामीसँग अन्तिमसँग रहिरहनेछन् । उनी हाम्रो कप्तान हुन्,’ उनले भने ।

रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी हाल साउदी अरबको अल–नासरबाट व्यावसायिक फुटबल खेल्छन् । उनले १० गोल गर्दा पोर्चुगलले शत प्रतिशत रेकर्ड राख्दै युरो २०२४ मा छनोट भएको हो ।

युरोअघिको मैत्रीपूर्ण खेलमा उनैको दुई गोलको मद्दतले पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई ३–० गोलले हराएको थियो । 

पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले अन्तर्राष्ट्रिय स्तरमा रोनाल्डोले अझै धेरै दिन सक्ने क्षमता बाँकी रहेको बताए । ‘कसैले नामकै भारमा टोलीमा स्थान बनाउँदैन । रोनाल्डो मेरिटका आधारमा टोलीमा छन् र तथ्याङ्कले यो कुरा पुष्टि गर्छ,’ उनले स्पष्ट पारे, ‘उनी अझै पनि डिफेन्डसका लागि टाउको दुखाई छन् र विगतका वर्षमा उनले आफ्नो खेल्ने शैली परिवर्तन गरेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप