काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीहरूले संसद्का महासचिवको कार्यकक्ष घेराउ गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित महासचिव पद्म प्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै कर्मचारीलाई सेवा सुविधाको व्यवस्था गर्न माग गरेका हुन् ।
_eFt0GgLJip.jpg)
संसद्मा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरे बापत सेवा सुविधा, भत्ता लगायत थप गर्न माग गर्दै उनीहरूले धर्ना दिएका हुन् । बिहान १० बजेदेखि बिहान ११ बजेसम्म धर्ना दिइएको संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले रातोपाटीलाई जानकारी दिए ।
_r46F8mF1yk.jpg)
संसद्का कर्मचारीहरूले गत जेठ २९ गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । माग पूरा गर्न १ हप्ते अल्टिमेटम दिएका उनीहरूले माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन थालेका छन् ।
_iAss6gmqxp.jpg)
कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर संसद्मा काम गरिरहेका छन् । माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने कर्मचारी युनियनका अध्यक्ष बेल्बासेले जानकारी दिएका छन् । प्रतिनिधि सभाको बैठक सुरु भएपछि कर्मचारीहरू धर्ना छोडेर नियमित काममा फर्किएका छन् ।
_HZykIPlG4F.jpg)
_0y81THLDit.jpg)
_yuxMgHxbjs.jpg)
_5itXXFzh2P.jpg)
_GFBvJCpKMS.jpg)
_yFaZvyYoCA.jpg)
_W8gMYYv2gG.jpg)
_TyLqRQnIma.jpg)
_Nac0RKpZLp.jpg)
_mQPrTdePLx.jpg)
_4ajVLupOTM.jpg)
_ZuADDbJrE0.jpg)
_FEpvjdZiI1.jpg)
_yl6wmInCG7.jpg)
प्रतिक्रिया