रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी
काठमाडौँ । युरो कप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा गए राति पूर्वविजेता पोर्चुगलले चेक गणतन्त्रविरुद्ध विजय हासिल गरेको छ । ३९ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेल समेत रहेको समूह डी को खेलमा पोर्चुगलले २–१ गोलको पुनरागमन जित हासिल गरेको हो।
पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे भने अर्को गोल पोर्चुगलले उपहार पाएको थियो। यता, चेक रिपब्लिकका लागि लुकास प्रोभोडले एक गोल गरे पनि हारलाई टार्न सकेन ।
६९औँ मिनेटमा रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा १–१ को बराबरी अवस्थामा फर्कियो। त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फ्रान्सिस्कोले गोल गरेपछि पोर्चुगललाई २–१ को पुनरागमन जित थिए।
खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै पनि गोल गर्न सकेन पनि नयाँ कीर्तिमानी भने राखेका छन्। रोनाल्डो इतिहासमा ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बन्दै नयाँ कीर्तिमान कायम गरेका हुन्। २००४ देखि युरोकपमा सहभागी रोनाल्डो त्यसपछि लगातार छौठौँपटक सहभागिता जनाएका छन्।
यो जितसँगै जारी युरोकपमा पोर्चुगलले तीन अंक हासिल गर्दै समूह डी को दोस्रो स्थानमा छ। समान खेलबाट समान अंक रहेको टर्की शीर्ष स्थानमा रहँदा पराजित पराजित चेक रिपब्लिक तेस्रो तथा जर्जिया पुछारमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण